Connecting Cleveland / Education Materials

OGT!! के हो र किन ?

What is and Why Ohio Graduation Test (OGT)? : ओहायो राज्यमा माध्यमिक विध्यालय स्नातक डीग्री (High School Graduation Diploma) प्राप्त गर्न  Ohio Graduation Test (OGT)   पास गर्नु पर्ने हुन्छ । जसरी नेपालमा माध्यमिक विध्यालयबाट पास गरेर कलेज जानको लागि School Leaving Certificate (SLC) मा पास हुनु पर्दथ्यो, त्यसरी नै ओहायो राज्यमा पनि  high School बाट पास हुनको लागि OGT मा पास हुन जरुरी छ । नेपालको SLC र ओहायो राज्यमा गरैने OGT मा फरक बिशेशत के छ भने नेपालमा १० मा नै पास हुन जरुरी छ तर यहा  बीस्तारि १० देखी सुरु गरेर १२ भित्रमा पास गर्दा हुन्छ । मत्लब, OGT गर्न यहा, पास नहुन्जेल धेरै पटक अवसर प्रदान गरिन्छ ।

OGT मा पाचवटा सेक्सन हुन्छन, ति हुन: रीडिङ (reading), राइटिङ (writing), म्याथ (math), बिज्ञान (science), र सोसल स्टडी (social study)।  High School Graduation Diploma हासिल गर्नका निमित्त OGT का  प्रत्येक सेक्सनमा पास हुन जरुरी छ, तसर्थ प्रत्येकमा पास हुनको निमित्त धेरै पटक अवसरहरु दिईन्छ। सबैमा पास हुन नसके अरु बैकल्पिक बाटाहरु रोज्नु पर्ने हुन्छ ।

प्रथम चोटि OGT विद्यार्थीहरुले  Grade 10 मा पढ्दै गरेको सालको बसन्त ह्रितुमा (Spring) गरिन्छ र  ५ वोटामा नै उतिर्न हुन नसके पुन: जाच गर्न जारी राख्दछन। सामान्यत, एक विद्यार्थीले कुनै पनि सेक्सन पास गनर्को लागि प्रत्येक सेक्सनको जाच ७ चोटि सम्म प्राप्त गर्न सक्छन । सायद ७ चोटि सम्म अवसर पा्रप्त गर्ने भएर होला, प्राय, विद्यार्थीहरुले एकैचोटीमा सबै ५ वोटै सेक्सनमा पास गर्न सक्दनैन ।

OGT मा पास हुनको लागि प्रत्येक सेक्सनमा ४०० अंक प्राप्त गर्नु पर्ने हुन्छ । प्रत्येक year, OGT Fall-October, Spring-March, Summer-June मा गरिन्छ ।
कुनै पनि खास ध्यान दिनुपर्ने खालका विद्यार्थीहरु छन भने प्रण्ाँलीअनुसार खास ध्यान नै दिईन्छ, जस्तै, नेपाली बोल्ने हाम्रा विद्यार्थीहरु जस्ले अङरेजिमा सहि रुपमा दक्छ गर्न नसकेकालाई नेपाली  बोल्ने शिक्छित ब्यक्ती वाचक (पढ्ने) का रुपमा प्रदान गरिन्दछ। अर्थपूर्ण अपाङगता भएका विद्यार्थीहरुलाई बैकल्पिक जा“च गराईन्छ ।

OGT पासगर्ने बैकल्पिक बाटाहरु:

१) ४ वोटामा पास, र एक मा ३९० ल्याएर फेल छ भने ।
२) बिगत ४ yearsमा ९७५ हाजिरी ।
३) बिगत ४ yearsमा बिद्यालयबाट निस्कासित नभएको ।
४) ४ मा २.५ GPA भएको ।
५) माद्यामिक पथ्यक्रम अनुसार आवश्यक कुराहरु हासिल गरेको ।
६) Teachers र प्रधानअध्यापक द्वारा सिफारिस पत्र ।

अब यो  साल अर्को OGT, March मा र Summer को June मा हुनेछ । तपाईंको बच्चाले OGT सबैमा पास गरेका छन या छैनन, एक पटक अभिभावकको कर्तब्य निर्बाह गर्दै सोध्न नभुल्नु होला!! साथै आवश्यक रुपले घरमा उचित ढंगले पढ्ने बातावरण्ँ सिर्जना गर्नुमा मुख्या भूिमका भएकोले गर्दा कृपया चनाखो रहिदिनु होला ।

(Compiled by Ganga Ram Dahal from different internet sites including wikipedia.)

This article is published in the first issue of Educational-basis bulletin – Connecting Cleveland monthly!

OGT

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s